हुन्डीको रकम सहित रौतहटबाट दुईजना पक्राउ
आइतबार, १० असोज २०७८, १२ : ४३
रौतहटको ईशनाथ नगरपालिका–२ औरेया स्थित मिठुअवा टोलबाट प्रहरीले हुन्डी कारोबारको रकम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका–३ औरैया घर भएका २९ वर्षीय निरज कुमार साह र उनका बुवा ७० वर्षीय रामचन्द्र राउत छन् ।
नेपालबाट भारत तर्फ जाँदै गरेको अवस्थामा उनीहरुको साथबाट ४ लाख ५१ हजार नेपाली रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ बरामद गरिएको रौतहटका एसपी बिनोद घिमिरेले रातोपाटीलाई बताए ।
भारतिय नम्बर प्लेट बिआर–३० वाइ ७२२२ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई प्रहरी चौकी औरैयाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै