शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनामा १६ अर्बको भटमास तेल निकासी

आइतबार, १० असोज २०७८, १२ : ५१
आइतबार, १० असोज २०७८

चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा नेपालबाट भारततर्फ १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको हो ।

यस अवधिमा ७ करोड ३४ लाख किलो भटमासको तेल निकासी भएको विभागले जानकारी दिएको छ । पछिल्लो समय नेपालका उद्योगीले ब्राजिल, अर्जेन्टिना र युक्रेन लगायतका देशबाट कच्चा भटमासको तेल ल्याएर भारततर्फ निकासी गर्दै आएका छन् ।

यस्तै, यस अवधिमा भारततर्फ नै ४ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल निकासी भएको छ । नेपालले इण्डोनेशिया, मलेसिया र सिंगापुर लगायतका देशबाट पाम तेल ल्याएर भारततर्फ पठाउँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप