नेपालमा १३ लाखले गराए सुरक्षित गर्भपतन

‘सुरक्षित गर्भपतनको अधिकारः मौलिक हक सुनिश्चिताको आधार’ भन्ने नाराका साथ आइतबार देशभर सातौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाइँदै छ ।प्रजनन स्वास्थ्य महिलाको अधिकारसँगै सुरक्षित गर्भपतन् प्रजनन् स्वास्थ्यको एक अभिन्न अंग हो । संविधानले मौलिक हकको रुपमा सुनिश्चित गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७ समेत जारी भई लागु भइसकेको छ ।
यद्यपि नेपालमा गर्भपतनले कानूनी मान्यता पाएको १९ वर्ष बितिसक्दा पनि जम्मा ४२ प्रतिशत महिला यसबारे जानकार रहेको पाइएको छ । यहीबीच १३ लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतन सेवा लिइसकेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ ।
गर्भपतन सेवा सुरक्षित, पहुँचमा पुर्याउनका लागि नीति र निर्देशिकाहरु परिस्कृत गरिदै लैजाने महाशाखाका निर्देशक डा. विवेकलाल बताउँछन् । ४ हजारभन्दा धेरैलाई स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरी करिब १५ सय स्वास्थ्य संस्थाहरूबाट सुरक्षित गर्भपतन सेवालाई सञ्चालनमा आइरहेको महाशाखाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठमा १९ फिल्म सेन्सर : विदेशीकै वर्चस्व
-
‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक