बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘धन्दागिरी’मा ‘बारुली बारुली’ बोलको आइटम

आइतबार, १० असोज २०७८, १३ : ०७
आइतबार, १० असोज २०७८

अभिनेता सविन श्रेष्ठ अभिनित फिल्म ‘धन्दागिरी’ ले आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक गरेको छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले थप प्रचार प्रसारका लागि यो गीत बाहिर ल्याएको हो । नरेन्द्र भट्टराई (एन.बि.अन्जान) को निर्देशन रहेको फिल्मको सार्वजनिक गीतमा मीना निरौलाको स्वर छ । गीतमा शब्द नारायण नेपाल र संगीत सूर्यकमल राईको रहेको गीतमा संगीत संयोजन सञ्जय हमालले गरेका हुन् । 

फिल्म दशैंको अवसर पारेर असोज २६ गते देशभर प्रदर्शनमा आउँदैछ । फिल्ममा सविनका अलवा छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत, सुवास गजुरेल, सुनिल कटुवाल, सविता रेग्मी लगायत कलाकारको अभिनय  देख्न सकिन्छ । 

दिनेश खड्का एसोसिएट निर्माता रहेको फिल्मको कार्यकारी निर्माता कुमारप्रसाद ओझा हुन् । कवि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ निर्माता रहेको फिल्म आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठ वितरक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप