बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै अरुण भ्याली हाइड्रोपावर

आइतबार, १० असोज २०७८, १५ : ०५
आइतबार, १० असोज २०७८

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन । साधारणसभा प्रयोजनका लागि कम्पनीले सोमबार अर्थात् भोलि असोज ११ गते बुक क्लोज गर्दैछ ।  कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि थप ०.५२% नगद लाभांश वितरणको घोषणा गरेको छ ।

यद्यपि, उक्त लाभांश पारित गर्न कम्पनीले आगामी असोज २४ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाएको छ ।  साथै सोही सभाले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय समेत पारित गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप