बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केशब र विशाल बने आइएमई डबलको डबलको डबल अफरका साप्ताहिक विजेता

आइतबार, १० असोज २०७८, १६ : १६
आइतबार, १० असोज २०७८

काठमाडौं । आइएमईले दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राही द्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन् । 

विजेताहरुले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५०७ र ४८ हजार २० नेपालमा रहेका आफन्तलाई पठाएका थिए । आइएमईले निजको सिफारिसमा विजेताका निकटका आफन्तलाई ८३ हजार १४ र ९६ हजार ४० उपहार स्वरूप प्रदान गर्ने जनाएको छ । 

आइएमईले सार्वजनिक गरेको चाडपर्व लक्षित डबलको डबलको डबल अफर असोज १ देखि कार्तिक २६ सम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहि आएको छ । 

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजार भन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता २ जनालाई पठाएको रकमको डबल, हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । साथै आइएमई पेमा रकम प्राप्त गर्दा २०० थप बोनसको व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप