बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभामा पहिलो पटक गैरसरकारी विधेयक ‘इन्ट्री’ : के छ विधेयकमा ?

आइतबार, १० असोज २०७८, १६ : २६
आइतबार, १० असोज २०७८

 कर्णाली प्रदेशसभामा पहिलो पटक ‘गैरसरकारी विधेयक’ दर्ता गरिएको छ । जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व कानुनमन्त्री नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता गराएका हुन् । आइतबार उक्त, विधेयक प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले  ‘इन्ट्री’ गराएका हुन् । भण्डारीले दर्ता गराएको विधेयकको दर्ता नम्बर ५८ (गैरसरकारी  क्षेत्रबाट पहिलो) रहेको उनले जानकारी दिए ।

यसअघि कर्णाली प्रदेशसभामा सरकारका तर्फबाट ५७ वटा विधेयक दर्ता भएका छन् ।सचिव बुढाथोकीले  भने, ‘यो  नयाँ अभ्यास हो । आवश्यक परेको खण्डमा गैरसरकारी विधेयक ल्याउन सकिन्छ । कर्णाली प्रदेशसभामा यसको पहिलो पटक सुरुवात भएको हो ।’

के छ विधेयकमा ? 

सांसद भण्डारीले दर्ता गराएको विधेयकको उद्देश्य भनेको खस संस्कृतिको संरक्षण, प्रचारप्रसार हो । यो विधेयकले खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

जुम्लाको सिंजा सभ्यताको आर्थिक, सामाजिक, धार्मिक, भाषिक, सांस्कृतिक र पर्यटकीय पूर्वाधारहरुको विकास गर्न यो विधेयक आवश्यक देखिएकाले दर्ता गराईएको भण्डारीले बताए ।

भण्डारीले सिंजा सभ्यताको बारेमा राज्यले खासै चासो नदिएकाले पनि आफुले गरेको अर्थ्याए ।

यस्तो छ विधेयक :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप