शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : सल्यान जिल्ला सभापतिमा देउवा पक्षकै दुई उम्मेदवार, स्थानीय तहमा को–को भए विजयी ?

आइतबार, १० असोज २०७८, १७ : ५२
आइतबार, १० असोज २०७८

सल्यानका १० वटै स्थानीय तहमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गरिएको छ । जिल्ला सभापतिमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । देउवा पक्षको समर्थनमा संस्थापन पक्षबाट केशवबहादुर विष्ट र पौडेल पक्षको समर्थनमा देउवा खेमाकै ध्रुव पुरी जिल्ला सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

पालिका सभापतिमा पनि सोही अनुसार नेतृत्व चयन भएको सल्यान जिल्लाका काँग्रेस उपसभापति निमबहादुर ओलीले रातोपाटीलाई जानकारी दिए । १० स्थानीयतहमा बागचौर नगरपालिकाको सभापतिमा चयन भएका दीपेश बिसीको गुट स्पष्ट छैन भने  पाँच स्थानीय तहमा पौडेल पक्ष अथवा ध्रुव पुरीको टिमले जित हासिल गरेको छ ।

यस्तै देउवा पक्ष अर्थात् केशवबहादुर विष्टको टिमले चार स्थानीय तहमा जित हासिल गरेको छ । जिल्लाको १० पालिकामध्ये एक पालिकामा मात्र महिलाले नेतृत्वको अवसर प्राप्त गरेकी छन् ।

कुन स्थानीय तहमा को–को बने सभापति ?

—बागचौर  नगरपालिका  ः दीपेश विसी  (गुट स्पष्ट छैन)

—कालिमाटी गाउँपालिका :  गणेश केसी (पौडेल पक्ष)

—शारदा  नगरपालिका :  दिपक हमाल (पौडेल पक्ष)

—बनगाढ कुपिण्डे नगरपालिका : पुरुषोत्तम आचार्य (पौडेल पक्ष)

—शिद्धकुमाख गाउँपालिका : वीरबहादुर बुढाथोकी (देउवा पक्ष)

—कुमाख गाउँपालिका : इन्द्र शाही (देउवा पक्ष)

—दार्मा गाउँपालिका : कृष्णबहादुर ओली (देउवा पक्ष)

—कपुरकोट गाउँपालिका : एकराज ओली (पौडेल पक्ष)

—त्रिवेणी गाउँपालिका  ः गंगाराम पुन (पौडेल पक्ष)

—छत्रेश्वरी गाउँपालिका  ः सीता केसी (देउवा पक्ष) 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप