शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० दिने भ्रमण बिदा कार्यान्वयनमा ल्याउन माग

आइतबार, १० असोज २०७८, १९ : ०८
आइतबार, १० असोज २०७८

होटल तथा पर्यटन व्यवसायीहरुले कर्मचारीहरुलाई प्रदान गरिने भनिएको १० दिने काज भ्रमण बिदा यथाशीघ्र कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन् । आइतबार विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै होटल संघ नेपाल (हान) ले यस्तो आग्रह गरेको हो । 

संघमा आवद्ध पर्यटन व्यवसायीहरुले कोभिड–१९ ले थलिएको पर्यटन उत्थानका लागि पनि १० दिने काज भ्रमण अपरिहार्य भएको बताउँदै कार्यान्वयनमा पहल गर्न सरकारसँग आग्रह गरेको हो । 
सरकारद्धारा घोषित १० दिने भ्रमण काजसँगै अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था अबिलम्ब लागू गर्नुपर्ने व्यवसायीहरुले बताएका छन् । 

सो अवसरमा व्यवसायीहरुले लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग हाल नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णयको स्वागत गर्दै सीमा नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्नेजस्ता प्रावधान हटाएकोमा होटल व्यवसायीहरु उत्साहित भएको हानले बताएको छ । 

सो अवसरमा व्यवसायीहरुले सम्पूर्ण सेवा बजारमा बढ्ने मागका आधारमा सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप