शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानव अधिकार रक्षकको सवाललाई प्राथमिकता दिन्छौं : मुख्यमन्त्री केसी

आइतबार, १० असोज २०७८, २१ : ४६
आइतबार, १० असोज २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लोकतन्त्रलाई दिगो र स्थायित्व दिनुपर्ने भएकोले मानव अधिकार रक्षकमैत्री राज्य निर्माण गर्नु लुम्बिनी सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

इन्सेक लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा उनले मानव अधिकारको विषय अन्तर्राष्ट्रिय रुपमै महत्वपूर्ण विषय भएको बताए । उनले मानव अधिकारको क्षेत्रमा संघीय सरकारले नै विधेयक निर्माण गर्ने भएकाले त्यसमा भूमिका खेल्न सरोकारवालालाई अपिलसमेत गरे ।

कार्यक्रममा प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले मानव अधिकार रक्षकहरुको भूमिका विगतका विभिन्न आन्दोलनदेखि नै महत्त्वपूर्ण भएको बताउँदै मानव अधिकार रक्षकहरुको रक्षा एवं प्रवर्द्धनका लागि कानुन तथा विधेयक निर्माण गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप