शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : रोल्पामा सर्वसम्मत रुपमा नेतृत्व चयन, को–को चुनिए ?

आइतबार, १० असोज २०७८, २२ : १६
आइतबार, १० असोज २०७८

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत रोल्पाका १० वटै स्थानीय तहमा अधिवेशन भएको छ । जिल्लाको एक नगरपालिकासहित ९ गाउँपालिकामा पार्टी नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको नेपाली काँग्रेस रोल्पाले जनाएको छ  ।

काँग्रेसका जिल्ला सभापति अमरसिंह पुनमगरका अनुसार जिल्लाको एकमात्र नगरपालिका रहेको रोल्पा नगरपालिकाको सभापतिमा चन्दप्रकाश आचार्यलाई चयन गरिएको छ । यस्तै सुनछहरी गाउँपालिकामा कोमबहादुर बुढागमर, सुनिल स्मृतिमा मनबहादुर गिरी, गंगादेवमा मीनबहादुर खड्का, माडीमा नवराज डाँगीलाई सभापतिमा चयन गरिएको छ ।

परिवर्तन गाउँपालिकामा खड्कबहादुर घर्तीमगर, थबाङमा खरिलाल डाँगी, त्रिवेणीमा दुर्याेधन राना, रुन्टीगढीमा जनक पुन र लुंग्री गाउँपालिकामा जनक खड्का सभापतिमा चयन भएका छन् ।

नवनिर्वाचित सभापतिमध्ये गंगादेवका मीनबहादुर खड्का र लुंग्रीका जनक खड्का ५० वर्षमाथि उमेरसमूहका छन् । अन्य पालिकामा निर्वाचित सभापति ५० वर्षमुनिका रहेको काँग्रेसले जनाएको छ ।

रोल्पामा जिल्लाका स्थानीय तहमा नेकपा माओवादी केन्द्रको बर्चस्व छ । काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा कुनै प्रकारको आन्तरिक मतभेद नहोस् भनेर सहमतिबाटै पार्टीको पालिका नेतृत्व चयन गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप