शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापामा काँग्रेस पालिका अधिवेशन :  सिटौला पक्ष हावी

सोमबार, ११ असोज २०७८, ०८ : २२
सोमबार, ११ असोज २०७८

काठमाडौं । नेपाली काँग्रेसको १४ औं  महाधिवेशन अन्तर्गत झापाका सबै गाउँ तथा नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ । ४ पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट नयाँ कार्यसमिति चयन भएको हो ।

सबैमा काँग्रेसका पूर्वमहामन्त्री तथा सभापतिका आकांक्षी कृष्ण सिटौला निकट सभापतिमा निर्वाचित भएका छन् ।​ कन्काई नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद प्रसाई चयन भएका छन् । यस्तै मेची नगरपालिकामा सुदय पनेरु निर्वाचित भएका छन् ।

यस्तै, बिर्तामोड नगरपालिकामा भोजराज सिटौला चयन भएका छन् भने झापा गाउँपालिकामा साघीरथ गणेश सभापति चयन भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने सभापति चुनिएका छन् भने दमक नगरपालिकामा प्रकाश प्रसाई चयन भएका छन्। 

अर्जुनधारा नगरपालिकामा हेमराज खरेल सभापतिमा चयन भएका छन् भने भद्रपुर नगरपालिका सभापतिमा राम बहादुर कँडेल चयन भएका छन् । बुद्ध शान्ति गाउँपालिकामा चक्र शेर्मा चयन भएका छन् भने गौरादह नगरपालिकामा यादव राज सेढाई चयन भएका छन्।

शिव सताक्षी नगरपालिकामा अशोक बस्नेत चयन भएका छन् भने हल्दिबारी गाउँपालिकामा गंगा प्रसाई चयन भएका छन्। ​गौरीगंज गाउँपालिका समितिको सभापतिमा अधनु प्रसाद राजवंशी चयन भएका छन् भने बाह्र दशी गाउँपालिकामा इन्दु बस्नेत चयन भएका छन्।  यस्तै, कचनकवल गाउँपालिका समितिको सभापतिमा तुलाराम अधिकारी चयन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप