बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस पालिका अधिवेशन : दाङमा  देउवा र पौडेल बराबरी

सोमबार, ११ असोज २०७८, ०८ : ३९
सोमबार, ११ असोज २०७८

 दाङ । नेपाली काँग्रेसको  चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर  देउवा र वरिष्ठ  नेता  रामचन्द्र पौडेल समूहले बराबर स्थानीय तहमा जित निकालेका छन् । 

जिल्लाका १० वटा स्थानीय  तहमध्ये पाँच वटा स्थानीय तह  देउवा  पक्षले विजयी हाँसिल गरेको छ भने पाँच स्थानीय  तहमा पौडेल  पक्ष निर्वाचित भएको छ । 

१० पालिका मध्ये शान्तिनगर र राप्ती गाउँपालिकाका  सभापति  सर्वसम्मत चयन  गरिएको थियो । बाँकी ८ पालिकामा अधिवेशन भएको थियो । जसमा घोराही  उपमहानगरपालिकाको सभापतिमा  देउवा समूहका तिलक रावतले विजयी भएका छन्।


उनी  जिल्लामा राजु  खनाल र दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी निकट मानिन्छन् । त्यस्तै  लमही नगरपालिकाका सभापति सन्तोष  बुढाथोकी देउवा निकट हुन् । उनले ७९  वर्षीय  शिवु चौधरीलाई पराजित  गर्न सफल भएका थिए  ।

त्यस्तै राजपुरका सभापति  नरेन्द्र  राज भण्डारी, गढवाका किरण  पौडे र बंगलाचुली गाउँपालिकाका जागेश्वर  अधिकारी देउवा पक्षका  हुन् ।

बंगलाचुलीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा केन्द्रीय सदस्य दीपक गिरी निकट सुरेश हमालले विजयी  भएका छन् ।

त्यस्तै दीपककै नातेदार रहेका  शम्भु गिरीले दंगीशरण गाउँपालिकाको सभापतिमा विजयी हाँसिल गरे । त्यस्तै बबई  गाउँपालिका सभापति प्रकाश बस्नेत र शान्तिनगर गाउँपालिकाका सभापति  झलक केसी दिपक  गिरी निकट हुन् ।

ती चार  स्थानीय तहहरु  दाङ  क्षेत्र नं. ३ मा  पर्छन् । काँग्रेस महामन्त्री शशांक कोइरालासँग नजिक रहेका गिरी  पौडेल पक्षीय नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप