शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वीटजरल्याण्डमा जनताको ऐतिहासिक निर्णय, समलैंगिक विवाहलाई मान्यता

सोमबार, ११ असोज २०७८, ०८ : ५८
सोमबार, ११ असोज २०७८

आइतबार स्वीटजरल्याण्डमा जनताले ऐतिहासिक निर्णय लिँदै समलैंगिक जोडीलाई विवाहको अनुमति दिएका छन् । ६४.१ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरे र आफ्नो मत पनि यसै आधारमा दिए । यो निर्णयसँगै स्वीट्जरल्याण्ड पश्चिमी युरोपका थुप्रै अन्य देशका समान समलैंगिक जोडीलाई यो अधिकार दिने निर्णय गरेको छ । 

समलिङ्गी जोडीलाई विवाहको अनुमतिः

हुन त यसअघि सन् २००७ मा नै स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने अधिकार दिइसकेको थियो । यस्तोमा अब समलैंगिक जोडीलाई थप अधिकार प्रदान गर्दै विवाह गर्ने अनुमति दिइसकेको छ । यो निर्णयलाई समर्थन गर्ने मानिसहरु अब कानूनी रुपमा समलैंगिकहरुले ती विभिन्न अधिकार प्राप्त गर्नेछन् जसबाट उनीहरु पहिला वञ्चित थिए । अब उनीहरुले धर्मपुत्र, धर्मपुत्री राख्न पाउनेछन् र उनीहरुलाई नागरिकता पनि दिइनेछ । 

विरोधीले के भने ?

जसले यो प्रस्तावको विरोध गरे, उनीहरुको नजरमा समलैंगिक विवाहका कारण परिवारको संरचनामा चोट लाग्नेछ । यसै सिलसिलामा एक मतदाताले बच्चालाई आमा र बुवा दुबैको प्रेम चाहिने भएकोले उनले यसलाई समर्थन गरेनन् र यसविरुद्ध मतदान गरे ।  यस्तै, यो प्रस्तावको समर्थन गर्ने अर्का मतदाताले बच्चालाई माया र सम्मान मात्रै चाहिने तर्क व्यक्त गर्दै यसका लागि आमा–बुवा दुबै हुनैपर्छ भन्ने नभएको बताए । ती मतदाताले कतिपय अवस्थामा विपरित लिङ्गी भएका जोडीका बच्चाले सम्मान र प्रेम नपाउने हुनाले उनले यो प्रस्ताव स्वागत गरे । 

हुन त पश्चिमी युरोपका थुप्रै देशले पहिले नै समलिङ्गी विवाहलाई मान्यता दिइरहेका छन् । त्यहाँ उनीहरुलाई विभिन्न प्रकारका अधिकार पनि दिइएका छन् । तर जब मध्य र पूर्वी युरोपको कुरा आउँछ, यहाँ अहिले पनि दुई महिला वा दुई पुरुषलाई विवाह गर्ने अनुमति छैन । नेपालमा पनि समलिङ्गी जोडीको विवाहलाई कानूनले मान्यता दिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप