बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अफ्रिताले गीत मार्फत गरिन् बालपनको सम्झना

सोमबार, ११ असोज २०७८, ०९ : ३५
सोमबार, ११ असोज २०७८

 काठमाडौंँ । गायिका अफ्रिता खड्गीको गीत ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक भएको छ । राज लिम्बुको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

गीतमा बाल्यकालको प्रेम र मित्रता स्मरण गरिएको छ । भिडियो स्वयम् गायिका खड्गीको अलवा बालकलाकार समृद्धि र सौरभको अभिनय छ ।

कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियो इसाक जबेगुले छायांकन गरेका हुन् । हाङ चेम्जोङको निर्देशन भिडियोमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप