बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश अध्यक्षमा खरेल

सोमबार, ११ असोज २०७८, ०९ : ५७
सोमबार, ११ असोज २०७८

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले गुल्मीका विद्यार्थी नेता घनश्याम खरेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । सम्मेलनले खरेलको नेतृत्वमा ८७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो । 

दाङको घोराहीमा आयोजित सम्मेलनले उपाध्यक्षमा भीमराज खरेल, रुपेन्द्र मल्ल, अम्बिका परियार र सम्झना खनाललाई चयन गरेको छ । त्यस्तै प्रमुख सचिवमा राजेन्द्र विष्ट, सचिवहरूमा सागर पन्त, मदन जिएम, सुदर्शन पुन र दिलीप शर्मा चयन भएका छन् । कोषाध्यक्षमा प्रमोद थापालाई चयन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप