बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वडा कार्यालयसहित आधा दर्जन घरमा चोरी

सोमबार, ११ असोज २०७८, ११ : १३
सोमबार, ११ असोज २०७८

गुल्मीको कालीगण्डकी गाउँपालिका– १ हर्मीचौर वडा कार्यालय  र त्यस वरिपरिका घरमा चोरी भएको छ । आइतबार राती अज्ञात व्यक्तिहरुको एक समूहले वडा कार्यालय र  घर तोडफोड गरि नगद तथा जिन्सी चोरी गरेका हुन् ।
वडा कार्यालयसहित स्थानीयवासीका घरहरु तोडफोड गरि चोरी भएको वडाअध्यक्ष ठानीस्वर पाण्डेले पुष्टि गरे  । उनका अनुसार वडा कार्यालय तोडफोड भएपनि  कम्प्युटर र ल्यापटप सुरक्षित रहेका छन् । वडा कार्यालयमा रहेका अन्य सामाग्री चोरी भएको पाण्डेले बताए । वडा कार्यालयबाट के–के सामाग्री चोरी भयो भन्ने विस्तृत विवरण आउने भने बाँकी छ । 

यता, स्थानीय रविन्द्र पाण्डेको घरबाट नगद २२ हजार र मोवाइल चोरी भएको छ । त्यस्तै रुक्माङ्गत पाण्डेको घरबाट पनि २० हजार नगद चोरी भएको जनाइएको छ ।  सोही टोलका  बिष्णु पाण्डे, डिल्लीराम पाण्डे र पुरुषोत्तम पाण्डेको घर पनि तोडफोड भएको वडा अध्यक्ष पाण्डेले बताए ।

विष्णुको पसल चोरी भएको उनले जानकारी दिए । वडाअध्यक्ष पाण्डेका अनुसार सो टोलमा रहेको गणेश मन्दिरको दान पेटिका समेत चोरी भएको छ ।  घटनास्थलमा पुर्तिघाट प्रहरी चौकी र रिडी ईलाका प्रहरी चौकीको टोली पुगेको र घटनाको विस्तृत विवरण संकलन गरिरहेको गुल्मीका  प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप