बाबु-छोरीको कथामा फिल्म ‘छोरी’
सोमबार, ११ असोज २०७८, ११ : २४

बसन्त पोखरेलको लेखन तथा निर्देशनमा सट फिल्म ‘छोरी’ तयार भएको छ । पैसा प्रशस्त भएपनि अमेरिकाबाट दसैँ, तिहार, तीज जस्ता पर्व मनाउन नपाएकी एउटी छोरी र सम्पत्ति भएपनि सन्तान र आफन्त टाढा भएका एक बुवाको कथा फिल्मले देखाउन खोजेको छ ।
१५ मिनेटको फिल्म सुरेन्द्र थापाको प्रस्तुतिमा सुवासप्रसाद पाण्डेले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्मातामा नवराज भण्डारी रहेका छन् । फिल्ममा बसन्त पोखरेल, सरिता भुजेल, अजय पन्त, सुरेन्द्र थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ । गौतमराज खड्काको सम्पादन, ज्ञानु राईको छायाँकन रहेको छ । फिल्म दसैंको छेको पारेर डिजिटल प्लेटफर्ममा सार्वजनिक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शव बोकेर काठमाडौँ आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना
-
पतञ्जलीको जग्गासम्बन्धी छानबिनबाट पछि हट्यो लेखा समिति
-
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ
-
४६ वर्षको उमेरमा बक्सिङ रिङमा फर्कँदैछन् फिलिपिन्सका पूर्व सांसद मानी
-
सरकारले टेरेन सर्वोच्चको आदेश
-
गगनसँग छलफलपछि देउवाले बोलाए शीर्ष नेताको बैठक