शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुरु हुँदै ‘द भ्वाइस किड्स’ मा ‘ब्लाइन्ड अडिसन’

सोमबार, ११ असोज २०७८, १४ : १४
सोमबार, ११ असोज २०७८

६ देखि १४ वर्षका बालबालिकाको सहभागी रहने गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रसारणमा आउने तरखरमा रहेको छ । हालै ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सम्पन्न गरेको हिमालय टिभीले बालबालिकाकै गायन प्रतिभा निखार्ने उदेश्यले उक्त शो सुरु गरेको हो ।

केही अगाडि बालबालिकाहरूको अडिसन सम्पन्न भएको शो को ‘ब्लाइन्ड अडिसन’ तयारी भइरहको छ । छिट्टै एक प्रेसमिट गरेर बुधबारबाट ‘ब्लाइन्ड अडिसन’ सुरु गर्ने योजना आफ्नो रहेको निर्देशक लक्ष्मण पौडेलले बताए । शो प्रशारण भने एक महिना पछिबाट हुने पौडेलको भनाई रहेको छ ।

यो शोका लागि पनि ४ कोच छानिएका छन् । जसमध्ये दुई राजु लामा र प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’ कोच हुन् भने अन्य दुई कोचको रुपमा गायिकाद्वय मिलन नेवार र प्रविशा अधिकारी भित्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप