शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको तयारीमा रणबीर–आलिया ?

सोमबार, ११ असोज २०७८, १४ : १६
सोमबार, ११ असोज २०७८

बलिउड अभिनेता रणबीर कपुरको २८ सेप्टेम्बर (मंगलबार) ३९ औं जन्मदिन हो । आफ्नो जन्मदिनको दुई दिन अघि रणबीर आफ्नी प्रेमिका आलिया भट्टसँग ‘प्राइभेट सेलिब्रेसन’ का लागि जोधपुर गएका छन् । रणबीर र आलिया दुबैलाई आइतबार जोधपुर विमास्थलमा देखिएको थियो ।

भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार रणबीर–आलिया छिट्टै विवाह गर्ने तयारीमा छन् । यी दुई आफ्नो विवाह स्थल फाइनल गर्न र जन्मदिन मनाउन जोधपुर पुगेको बताइन्छ । 

अघिल्लो वर्ष पनि भएको थियो यी दुईको इन्गेजमेन्टको चर्चाः

अघिल्लो वर्ष रणबीर कपुर र आलिया भट्ट दुबैको परिवार नयाँ वर्ष मनाउन रणथंभौर पुगेका थिए । त्यतिबेला पनि उनीहरु विवाह स्थल खोज्न र इन्गेजमेन्ट गर्न त्यहाँ पुगेको बताइएको थियो । यद्यपि, यो खबर झुटो निस्कियो । 

रणबीरले अघिल्लो वर्षको अन्तरवार्तामा भनेका थिए, ‘यदि कोरोनाभाइरस नआएको भए विवाहको योजना उहिल्यै पूरा भइसक्थ्यो । अहिले म यसबारे कुरा गरेर यसमाथि आँखा लगाउन चाहन्नँ । म आफ्नो जीवनको यो उद्देश्यलाई चाँडै नै पूरा गर्न चाहन्छु ।’

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप