शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नरहरि आचार्यले लेखे 'जीवनको पाठशाला'

सोमबार, ११ असोज २०७८, १५ : ०३
सोमबार, ११ असोज २०७८

नेपाली काँग्रेसका वौद्धिक नेता नरहरि आचार्यको ६८ औं जन्मदिनको अवसरमा उनको आत्मकथा ‘जीवनको पाठशाला, सम्झना र सम्बन्धको आवरण’ सार्वजनिक भएको छ । पुस्तकमा नेपाली राजनीतिको पछिल्लो परिवर्तनका संवाहक आचार्यका भोगाइहरू समेटिएका छन् ।

आफू आवद्ध रहेको पार्टी नेपाली काँग्रेसलाई संविधानसभा र गणतन्त्रको एजेण्डामा ल्याउन आचार्यले महत्वपूर्ण भूमिका खेलेका थिए । पछिल्लो समय उनी विरामी अवस्थामा रहेकाले केही वर्षदेखि राजनीतिमा सक्रिय हुन सकेका छैनन् ।२०७२ माघ २६ गते अचानक मस्तिष्कघात भएपछि राजनीतिमा निश्कृय बनेका आचार्यले यो पुस्तक स्वास्थ्यमा सुधार आउँदै गर्दा तयार पारेका हुन् । तथापि पुस्तकको खाका भने उनले विरामी हुनुअघि नै कोरिसकेका थिए ।

काँग्रेस नेता आचार्यले लेखकीयमा भनेका छन्, पुस्तकमा सबै मेरो जीवनसँग स्पर्श भएका प्रसङ्गहरू छन् । ज–जसका बारेमा प्रसङ्ग उल्लेख गरेको छु, जस्तो मैले अनुभव गरें, त्यस्तै छ ।

आचार्यको पुस्तकका बारेमा डा. जयराज आचार्य भन्छन्, ‘विद्यार्थीकालदेखि प्राध्यापनकाल हुँदै राजनीतिक जीवनकालमा लोकतन्त्रका मूल्य, मान्यता र प्रक्रियामा सुदृढ हुन गएको राजनीतिक विश्वास, विचार र कार्यक्रमलाई यस आत्मकथामा उनेर माला बनाउने बलियो धागो भनेको देखिन्छ ।’

पुस्तकका लेखक आचार्यलाई डा. देवेन्द्रराज पाण्डे चलनचल्तीको राजनीतिबाट सन्तुष्ट भएर आफ्नो सुरक्षा र सुविधामा रमाउनुको सट्टा पार्टी र राज्य दुबैमा युगान्तकारी सुधारका निम्ति निरन्तर प्रयासरत रहने दुर्लभ नेताका रुपमा आफूले चिनेको बताउँछन् ।

पुस्तक सांग्रिला बुक्सले प्रकाशित गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप