बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आक्रामक बन्दै बीमा क्षेत्र, महिना दिनमै १५ अर्ब बराबरको प्रिमियम संकलन

सोमबार, ११ असोज २०७८, १५ : ३७
सोमबार, ११ असोज २०७८

गएको एक महिनामा बीमालेखको संख्या ४ लाख ४० हजार ७७१ ले वृद्धि भएको छ । बीमा समितिका अनुसार यो संख्या गत साउन १ गतेदेखि भदौ मसान्तसम्म ४ लाख ४० हजारले बढेर ९२ लाख ६९ हजार ३५२ पुगेको हो । जबकी गत साउन मसान्तसम्ममा जीवन बीमा र निर्जीवन बीमा गरी कुल ८८ लाख २८ हजार ८८१ मात्र बीमालेख दर्ता भएका थिए । 

समितिका अनुसार समीक्षा अवधिमा जीवन बीमातर्फ २ लाख ९ हजार ४४ वटा बीमालेख थपिएको छ भने निर्जीवन बीमातर्फ अधिकतम २ लाख ३१ हजार ४२७ वटा बीमालेख थपिन पुगेको छ । यस्तै, वैदेशिक रोजगार बीमालेख तर्फ ५ प्रतिशत घटाएर लिएको बीमालेखसहित समीक्षा अवधिसम्ममा कुल ८३ लाख ८५ हजार ६६२ पुगेको समितिले जनाएको छ । यस्तो संख्या गत वर्षको सोही अवधिको भन्दा १०.६१ प्रतिशतले बढी हो । गत वर्ष वैदेशिक रोजगार तर्फबाट कुल ७५ लाख ८१ हजार १२८ बीमालेख प्राप्त भएको थियो ।

१४ अर्ब ९३ करोडले बढ्यो बीमा प्रिमियम
समीक्षा अवधिमा बीमा कम्पनीहरुले अधिकतम १४ अर्ब ९३ करोड बढीले बीमा प्रिमियम संकलन गर्न सफल भएका छन् । समितिका अनुसार गत महिना (साउन मसान्तसम्म) जीवन बीमा र निर्जीवन बीमा गरि कम्पनीहरुले कुल १९ अर्ब ६० करोड मात्र प्रिमियम उठाएकामा भदौ मसान्तसम्म यस्तो प्रिमियम झण्डै १५ अर्बले बढाएर ३४ अर्ब ५३ करोड ४७ लाख उठाउन सफल भएका हुन् । 

भदौसम्ममा जीवन बीमातर्फ कुल २८ अर्ब १३ करोड ६६ लाख २० हजार र निर्जीवन बीमातर्फ कुल ६ अर्ब ३९ करोड ८१ लाख प्रिमियम संकलन हुन सकेको छ । गत वर्ष यस्तो संकलन क्रमशः २० अर्ब ९६ करोड र ४ अर्ब ७७ करोड रहेको थियो । 

थप १.२३ प्रतिशत जनसंख्यामा पहुँच विस्तार
पछिल्लो वर्ष बीमाको पहुँच थप १.२३ प्रतिशत जनसंख्यामा विस्तार भएको समितिले जनाएको छ । अघिल्लो आर्थिक वर्षको भदौ मसान्तसम्म कुल तीन करोड ९६ हजार ५६० जनामा रहेको बीमाको पहुँच यो वर्ष बढेर तीन करोड ४ लाख ६७ हजार ४८० मा पुगेको समितिले जनाएको छ ।
यद्यपि, हालसम्म बीमाको दायरामा आएको जनसंख्या (वैदेशिक रोजगार सहित) भने २७.५२ प्रतिशत मात्र रहेको समितिले जनाएको छ । 

अघिल्लो साउन महिना र गत भदौ महिनाको तथ्याङ्क

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप