छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

person explore access_timeअसोज ११, २०७८ chat_bubble_outline0

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँके, नवलपरासी (पश्चिम) र रुपन्देहीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी (पश्चिम) जिल्लाको सुनवल नगरपालिका–१२ नबिन टोलमा ना ८ ख २८७७ नम्बरको ट्रकले प्रदेश ३–०२–००८ प ४३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ सेमलार बस्ने मोटरसाइकल चालक २५ वर्षीय सौरभ सुवेदीको मृत्यु भएको जनाएको छ । उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । बाँके जिल्ला पनि बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कोहलपुर नगरपालिका–९ पार्वतीपुर नजिक सडकमा लु १ च ६९८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री ३५ वर्षीय धर्मराज घर्तीको मृत्यु भएको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

यता रुपन्देहीको बुटवलमा निर्माणाधीन घरबाट खस्दा एक मिस्त्रीको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देवबहादुर खत्रीको निर्माणाधीन घरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा बाँस भाँचिएर लड्दा मिस्त्री दाङ जिल्लाको लमही नगरपालिका–९ वन भुटानी स्थायी घर भएका ३० वर्षीय किसन चौधरीको मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।