समाचार

नेपालगञ्ज उपमहानगरको बोर्ड बैठकमा हात हालाहाल

person explore access_timeअसोज ११, २०७८ chat_bubble_outline0

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा  खर्चका विषयलाई लिएर हात हालाहाल भएको छ । सोमबार दिउँसो वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा बैठकमै हात हालाहाल भएको हो । कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुको गुनासोपछि कार्यपालिका सदस्य र वडाअध्यक्षबीच हात हालाहाल भएको हो ।

सो क्रममा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको बताइएको छ । उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बोर्डको खर्चको बिषयलाई लिएर विवाद भएको रातोपाटीलाई बताइन् । उनले यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको रकम पारदर्शी रुपमा खर्च नभएको वडा अध्यक्षहरुले बताएपछि विवाद भएको बताइन् ।

बैठकमा वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र कार्यपालिका सदस्य देउमल सुनारबीच तानातान भएको थियो । उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको बताइएको छ । विवाद गर्ने वडा अध्यक्ष राप्रपाका र कार्यपालिका सदस्य माओवादी केन्द्रका हुन् । विवाद साम्य बन्दै गएपछि फेरि बैठक बसेको उपप्रमुख थापाले बताइन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।