शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभामुखले एमालेको माग सम्बोधन गर्न सक्नुहुन्न : काँग्रेस महामन्त्री

सोमबार, ११ असोज २०७८, १६ : ५७
सोमबार, ११ असोज २०७८

 नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन् । महामन्त्री कोइरालाले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन् । 

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘उनीहरुले के भन्छन् भने माधवकुमार नेपालसहित जति पनि मान्छेहरु छन् । उनीहरुलाई निस्कासन गर्नुस् । त्यो त सभामुखले गर्न सक्नु हुन्न । यसैमा विरोध भइरहेको छ । हाम्रो धारणा के हो भने अव विधेयक आइसकेको छ । २० प्रतिशतले टुक्रयाउन चाहन्छ भने टुक्रिन्छ । ती पार्टीहरू टुक्रियो । जुन विरोधमा आएको छ, त्यही अनुसार फ्लो गर्नु पर्छ ।’

महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप