शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको ज्ञानेश्वरबाट खैरो हेरोइनसहित २ युवक पक्राउ

सोमबार, ११ असोज २०७८, १७ : २०
सोमबार, ११ असोज २०७८

काठमाडौंको ज्ञानेश्वरबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम घर भएका २१ वर्षीय सौरभ लम्साल र मोरङको उर्लाबारी घर भएका ३३ वर्षीय संगम तामाङ छन् ।

लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले संगमको साथबाट ३० ग्राम र लम्सालको साथबाट दशमलव ५ ग्राम हेरोइन बरामद गरेको छ ।

भदौ १६ मा ब्यूरोले पाँचथर घर भएका लक्ष्मी विकलाई १३० ग्राम हेरोइन सहित पक्रेको थियो । लम्साल पनि लक्ष्मी बिकसँगै मिलेर लागु औषध कारोबार गर्ने समूहको सदस्य भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बसुन्धारा बस्ने लम्सालको बयानका आधारमा काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर बस्ने संगम पक्राउ परेका हुन् । सौरभले आफुले संगमबाट लागु औषध किनेको प्रहरीलाई बताएका छन् ।

 उनीहरु उपर लागूऔषध मुद्दामा म्याद थप लिएर अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी हृदय थापाले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप