बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मेडिकल काउन्सिलको निर्वाचन मंसिरमा, कार्यतालिका सार्वजनिक

सोमबार, ११ असोज २०७८, १७ : ४०
सोमबार, ११ असोज २०७८

नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसिरमा हुने भएको छ । काउन्सिलले सोमबार कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन दुई चरणमा हुने जानकारी दिएको हो । काउन्सिलद्वारा जारी सूचना अनुसार पहिलो चरणमा उपत्यका बाहिर र दोस्रो चरणमा काठमाडौं उपत्यकामा निर्वाचन हुनेछ ।

कार्यतालिकाअनुसार उपत्यकाबाहिर मंसिर ३ र ४ गते निर्वाचन हुनेछ भने काठमाडौं उपत्यकामा १० र ११ गते हुनेछ । निर्वाचनका लागि असोज २२ गते मतदाता नामावली प्रकाशन हुनेछ भने असोज २४ गते मतदाता नामावलीमा दाबी विरोध गर्ने समय तोकिएको छ । 

यस्तै, मतदाता नामावली प्रकाशन भने असोज २५ गते हुनेछ । उम्मेदवारीका लागि मनोनयन पत्र दाखिला गर्ने समय कात्तिक १ र २ गतेलाई तोकिएको छ । कात्तिक ३ गते उम्मेदवारीमा दावी विरोध गर्न पाइनेछ । ४ गते उम्मेदवारी फिर्ता लिन पाइनेछ भने अन्तिम नामावली प्रकाशन गर्ने मिति मंसिर ५ गतेलाई तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप