बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भलिबल च्याम्पियनसिप– पुलिस र गलकोट अग्रस्थानमा

सोमबार, ११ असोज २०७८, १८ : १६
सोमबार, ११ असोज २०७८

नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस क्लब छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेका छन् । पुलिसले दोस्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० सोझो सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१ – १४, २१–१५ र २१–१७ ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दावाँली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बि मा ६ अंकका साथ पहिलो स्थानमा रहेको हो ।

यसै गरि गलकोट स्पोर्टस क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ । समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेश माथि जित निकाल्दै ३ अंक जोडेको थियो । यस्तै दोश्रो दिन पनि गलकोटले प्रदेश नं  २ माथि जित निकाल्दै थप तिन अंक जोडेको हो । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको हो ।

सोमबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दै बागमती प्रदेश माथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै ३ अंक जोडेको छ । समूह ए मा रहेको हेल्प नेपालले अघिल्लो संस्करण जस्तै यस संस्करणमा पनि भारतिय खेलाडीहरुलाई प्रार्थमिकतामा राखेको छ । यस्तै जित निकाल्ने क्रममा भारतीय खेलाडीहरु सम्मिलित गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३ – १ को जित निकाल्यो । दावाँली क्लबले प्रस्तुत गरेको निकैनै प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलमा गण्डकीले २५–१२, २५–२२, २०–२५ र २७–२५ को जित निकालेको हो । सोमबारकै अन्मि खेलमा नयाँ बजार युवा क्लबले कर्णाली प्रदेशलाई पनि ३–० को सोझो सेटमा हरायो । नयाँ बजारले २५–१८, २५–१९ र २५–२१ को सेटमा हराएको हो ।

प्रतियोगितामा मंगलबार पुरुष तर्फ टिप टप हेल्प नेपाल र प्रदेश २, मणिमुकुन्द र गण्डकी प्रदेश, आर्मी र नयाँ बजार युवा क्लब तथा एपिएफ र बुढानिलकण्ठ भलिबल क्लबबीच खेल हुनेछ भने महिला तर्फ एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब तथा न्यु डायमन्ड र एभरेष्ट भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप