मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुको आकर्षक ब्याजदर काम लागेन, निक्षेपभन्दा तीन गुणा बढीले कर्जाको माग

सोमबार, ११ असोज २०७८, १८ : १७
सोमबार, ११ असोज २०७८

बैंकहरुले निक्षेप संकलनलाई तार्गेट गर्दै गत असोज १ गतेदेखि आकर्षक ब्याजदर अफर गरेका थिए । तर सोचे अनुरुप बैंकमा निक्षेप संकलन आएन । सोमबार बैंकर्स संघले जारी गरेको रिपोर्टअनुसार गएको हप्ताभन्दा थप यसहप्ता निक्षेप संकलनमा गिरावट आएको छ । बरु निक्षेपको दाँजोमा कर्जाको माग ह्वातै बढेर तीन गुणा बढी पुगेको छ ।

बैंकर्स संघका अनुसार असोज ८ गतेसम्म बैंकहरुले ९ अर्ब निक्षेप संकलन गर्दा ३१ अर्ब बढीले कर्जाको माग बढेको देखिएको छ । यो हेर्दा बैंकको निक्षेप निकै कम र कर्जाको माग धान्नै नसक्ने गरी बढेको देखिएको छ ।  संघका अनुसार ब्याजदर नबढेको समयमा भदौ अन्तिम साता निक्षेप संकलन २६ अर्ब र कर्जाको माग २८ अर्ब अर्थात निक्षेप र कर्जाको माग उस्तै–उस्तै थियो ।

असोज ८ गतेसम्म आइपुग्दा कर्जाको माग ह्वात्तै बढेको छ भने निक्षेप संकलन निकै घटेको देखिएको छ । असार ८ गतेसम्म बैंकहरुले ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा कर्जाको माग ३९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप