शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झापाका किसानहरुलाई मेगा बैंकले दियो किसान कार्ड साथमा वित्तीय साक्षरता पनि

सोमबार, ११ असोज २०७८, १८ : ३७
सोमबार, ११ असोज २०७८

झापा । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एन्ड हर्ब रिसर्च सेन्टरसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो । सो अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । 

कार्यक्रममा मेगा बैंकको माइक्रो एन्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर १ का प्रदेश प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक दमक शाखाका प्रमुख मोहनप्रसाद अर्याल लगायतले कृषकहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकिङ्ग सेवा सुविधाहरु बचत, ऋण, रेमिट्यान्स, बचत गर्ने उपायहरु, बचत तथा ऋणको महत्वको बारेमा प्रकाश पारे ।

नेपाल कृषि प्रधान देश भएता पनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरूको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरामा जोड दिँदै उहाँहरुले कृषकहरुले उठाएका जिज्ञासा एवं सवालहरूको समाधान गरेका थिए । 

हिमशिखर एग्रोसँगको सम्झौता पश्चात मेगा बैंकले हिमशिखर एग्रोसँग आवद्ध ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप