शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गर्ने सरकारको निर्णय

सोमबार, ११ असोज २०७८, १९ : ०४
सोमबार, ११ असोज २०७८

 सरकारले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गोरखापत्र संस्थानको कार्यकारी नियुक्ती गर्ने निर्णय गरेको हो । 
मन्त्रिपरिषदले समाजकल्याण परिषदका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । त्यसैगरी सरकारले वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । 
यस्ता छन् मन्त्रिपरिषद बैठकका थप निर्णय :
-सरकारले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय संघीय संसदसमक्ष पेश गर्न स्वीकृती दिएको छ । 
-रासायनिक मल नियन्त्रण, दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने । 
-तेजाव लगायतका घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृत दिने ।
-नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।
-शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्न सरकारी जग्गा लिजमा उपलव्ध गराउने ।
-समाजकल्याण परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्यसचिव पुष्कर खाती तथा सदस्यहरु मणिराम बञ्जाडे,गोविन्द बहादुर शाही, नानीमाया थापा, ब्रम्हध्वज गुरुङ र शुशीला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने ।
-वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने ।
-गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप