शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्धबाट ३ दिनदेखि ४० वर्षीय पुरुष बेपत्ता

सोमबार, ११ असोज २०७८, २१ : ०५
सोमबार, ११ असोज २०७८

काठमाडौंको बौद्धबाट ३ दिनदेखि ४० वर्षीय पुरुष बेपत्ता छन् । असोज ९ मा बिहान ८ बजे घरबाट निस्केका पुष्करराज दवाडी हालसम्म परिवारको सम्पर्कमा आएका छैनन् । 

गहुँगोरो बर्णका दवाडी रातो टोपी, खैरो पाइन्ट र रातो टिसर्ट लगाएर घरबाट निस्केको र हालसम्म सम्पर्कमा नआएको उनका भतिजा सुजित दवाडीले रातोपाटीलाई बताए । ५ फिट १० इन्च अग्ला दवाडी बौद्धस्थित महाङ्कालमा बस्दै आएका थिए । 

परिवारले सो घटना प्रहरीलाई जानकारी गराएका छन् । हराएका व्यक्तिको हुलिया सवैतिर जानकारी गराएर खोज्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप