शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा थप ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सोमबार, ११ असोज २०७८, २१ : ११
सोमबार, ११ असोज २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८० मध्ये विराटनगरमा ३९, सुनसरीमा ५०, इलाम, धनकुटा र सङ्खुवासभामा दुई–दुई, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह्रथुम र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण भएको हो । 

सो अवधिमा सुनसरीमा ६६, मोरङमा ५८, इलाममा आठ, धनकुटामा दुई, ओखलढुङ्गा र उदयपुरमा एकएक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको छ । प्रदेशमा आजै १२६ महिलासहित २४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलासहित चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप