बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप चालीस जनामा कोरोना सङ्क्रमण

सोमबार, ११ असोज २०७८, २१ : २३
सोमबार, ११ असोज २०७८

सुदूरपश्चिम प्रदेशमा आज थप ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३५० जनाको नमूना परीक्षण गर्दा ४० जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ११, महाकाली अस्पतालमा सात, डडेल्धुरा अस्पतालमा चार र जिल्ला अस्पताल बैतडीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा १०, बाजुरामा दुई, कैलाली, बैतडी, दार्चुला र डडेल्धुराका एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर १८ जना सङ्क्रमणमुक्त भएका छन् भने सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कञ्चनपुरकी ५७ वर्षीया महिला छिन् । यसअघि आइतबार यस प्रदेशमा १० जनामा सङ्क्रमण पुष्टि हुँदा २५ जना डिस्चार्ज भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप