प्रदेश २ : लोसपाको संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ मा जितेन्द्र सोनललाई संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको सोमबार रातिसम्म बसेको संसदीय दलको बैठकले प्रदेश २ को संसदीय दलको नेतामा सोनललाई चयन गरेको हो ।
सहमतिको प्रयास विफल भएपछि निर्वाचनमार्फत लोसपाको संसदीय दलको नेता चयन गरिएको हो । सोनलसँग उपेन्द्र महतोले चुनावी प्रतिस्पर्धा गरेका थिए । १६ सांसदमध्ये सोनलले ९ मत हासिल गरे भने महतोले ६ मत पाए । एक मत बदर भएको थियो ।
सोनल यसअघि साविकको राजपा नेपालका प्रदेश २ संसदीय दलको नेता थिए । उनी प्रदेश सरकारमा पनि सहभागी थिए । उनले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले उनलाई सरकारबाट हटाएका थिए ।
लोसपा संसदीय दलको नेता चयन गर्न बसेको बैठकमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिलकुमार झा लगायत पनि सहभागी थिए । बैठकले लोसपाको संसदीय दलको विधान पनि पारित गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य