बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४ खेलपछि हैदराबादको पहिलो जीत

मङ्गलबार, १२ असोज २०७८, ०६ : २४
मङ्गलबार, १२ असोज २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । राजस्थानले जीतका लागि प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा ९ बल बाँकी छँदै पछ्यायो । पछिल्ला ४ खेलमा हारपछि हैदराबादको यो पहिलो जीत हो । जीतका बावजुद हैदराबाद अंक तालिकाको पुछारमा रहेको छ ।

हैदराबादलाई जीत दिलाउन ओपन जेसन रोय र कप्तान केन विलियमसनले अर्धशतकीय पारी खेले । रोयले मात्र ४२ बलमा ८ चौका र १ छक्काको मद्दतले ६० रन बनाए । विलियमसनले ४१ बलमा ५१ रन बनाए । त्यस्तै, अभिषेक शर्माले २१ रनको योगदान दिए । राजस्थानका लागि मुस्तफिजुर रहमान र महिपाल लोमरोरलले १–१ विकेट लिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले सर्वाधिक ८२ रनको योगदान दिए । उनले मात्र ५७ बलमा ७ चौका र ३ छक्का हिर्काए । हैदराबादका लागि सिद्धार्थ कौलले २ विकेट लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप