बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बजारमा एक लाख टन चिनी मौज्दात छ, चाडवाडमा अभाव हुँदैन : वाणिज्य सचिव भट्टराई

मङ्गलबार, १२ असोज २०७८, ०७ : ३९
मङ्गलबार, १२ असोज २०७८

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेश भट्टराईले बजारमा एक लाख टन चिनी मौज्दातमा रहेको बताएका छन् । उनले गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा एक लाख पाँच हजार टन चिनी उत्पादन भएको बताएका छन् ।

यस्तै, सोही अवधिमा विदेशबाट दुई लाख १२ हजार टन चिनी आयात भएको सचिव भट्टराईको भनाई छ । जसअनुसार, उत्पादित र आयातित गरेर गत वर्षमा नेपालमा तीन लाख टनभन्दा बढी चिनी थियो ।

आपूर्ति मन्त्रालयका अनुसार औद्योगिक र उपभोक्ताको जोड्दा नेपालको वार्षिक माग २ लाख ५० हजार टन हो । त्यसैले गत आर्थिक वर्षमा उत्पादन/आयात भएको र खपत भएको चिनीबाट एक लाख टन चिनी बजारमा मौज्दात रहेको भट्टराईले बताए ।

यसका साथै, चालू आर्थिक वर्षको साउन महिनामा १७ हजार ५०० टन चिनी आयात भइसकेको छ । थप १० हजार टन चिनी आयातको प्रक्रियामा रहेकाले चाडवाडमा चिनीको अभाव नहुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप