शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

सेयर बजारमा उच्च गिरावट

मङ्गलबार, १२ असोज २०७८, ०७ : ४४
मङ्गलबार, १२ असोज २०७८

वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ ।

गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम गरेको थियो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिदमा कडाइ गर्नुका साथै मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा समेत सिमा निर्धारण गरेको छ । यसैगरी पछिल्लो समयमा बैंकिङ क्षेत्रमा तरलताको अभाव भई व्याजदर समेत वृद्धि हुन थालेपछि सेयर बजार प्रभावित भएको छ । कोभिड महामारी र लकडाउन लगायतका कारण अन्य क्षेत्रबाट सेयर बजारमा आएको लगानी पनि फिर्ता हुन थालेको अनुमान गरिएको छ । कोभिड महामारीका कारण लगानीका क्षेत्रहरु प्रभावित हुँदा अन्य क्षेत्रबाट समेत लगानी सेयर बजारमा आएको थियो ।

सरकारले समयमै बजेट ल्याउन नसक्नुका साथै विदेशबाट भित्रने रेमिट्यान्स समेत गिरावट आउँदा बैंकहरुमा तरलता अभाव भएको छ । यसैगरी मौद्रिक नीतिले बैंकहरुमा सिसिडि अनुपातको व्यवस्था खारेज गर्दै सिडी अनुपातको व्यवस्था लागू गर्दा पनि तरलताको रकम अभाव भएको छ ।

तरलता अभावका कारण बैंकहरुले निक्षेपको व्याजदर दोहोरो अंकमा पु¥याएका छन् भने अन्तर बैंक सापटीदर समेत ५ प्रतिशत हाराहारीमा कायम भइसकेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप