बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राजा घलेको ‘लेखेनन् कसैले कविता बाबाको’  सार्वजनिक

मङ्गलबार, १२ असोज २०७८, ०८ : ०२
मङ्गलबार, १२ असोज २०७८

अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरमा बस्दै आएका  सामाजिक अभियन्ता तथा गीतकार राजा घलेको  ‘लेखेनन् कसैले कविता बाबाको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

कन्काइस्ट राईको स्वर र संगीतमा सजिएको यो गीतको म्युजिक भिडियोका लागि कथा, परिकल्पना, क्यामेरा र निर्देशन नरोत्तम पाण्डे र सरल श्रेष्ठको रहेको छ । यो म्युजिक भिडियोलाई ओजास फिल्मस् स्टुडियोले सार्वजनिक गरेको हो । 

राजा घले लामो समयदेखि अमेरिकाको एटलान्टामा वस्छन् । उनी एप्याकको प्रथम नेपाली महासचिब, नासाका प्रथम निर्वाचित अध्यक्ष, पूर्व एनआरएन आइसीसी सदस्य (निर्वाचित) हुन् भने हाल उनी “हामी नेपाली ग्लोबल ” नर्थ र साउथ अमेरिकाको सद्भावना दुत पनि हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप