बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको मोटरसाइकल र लागुऔषधसहित वर्कशप सञ्चालक पक्राउ

मङ्गलबार, १२ असोज २०७८, ०९ : ५६
मङ्गलबार, १२ असोज २०७८

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरबाट प्रहरीले चोरीको मोटरसाइकल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३८ वर्षीय बिनोद मण्डल र निजका छोरा राकेश मण्डल छन् । 

बिनोद मण्डलले आलोकनगरमा ‘सर्लाही मोटर वर्कशप’ सञ्चालन गरेका छन् । वर्कशपमा प्रदेश–३–०२–००७ प २९६१ नम्बरको चोरीको पल्सर एनएस मोटरसाइकल पाटपुर्जा निकालेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।  

अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले वर्कशपबाट १ सय ११ बोतल लागुऔषध कोरेक्स बरामद गरेको छ । आरोपीहरुमाथि महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप