शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकद्वारा ‘राष्ट्र ऋण व्यवस्थापन विभाग’को नाम परिवर्तन

मङ्गलबार, १२ असोज २०७८, ११ : २४
मङ्गलबार, १२ असोज २०७८

नेपाल राष्ट्र बैंकले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरेको छ । बैंकले यसअघिको ‘राष्ट्र ऋण व्यवस्थापन विभाग’ को नाम परिवर्तन गर्दै ‘मौद्रिक व्यवस्थापन विभाग’ नामकरण गरेको हो । सोमबार एक सूचना जारी गर्दै बैंकले गत भदौ ३० गते बसेको संचालक समितिको बैठकले विभागको नाम परिवर्तन गरेको जानकारी दिएको छ । 

बैंकको मौद्रिक तथा विदेशी विनिमय नीति समूह अन्तर्गत पर्ने यस विभागले नेपाल सरकारको राजस्व, कर तथा ऋण व्यवस्थापन सम्बन्धी काम गर्ने गर्छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप