बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

टोखाबाट सुनका गहना चोरेको आरोपमा १ जना महिला पक्राउ

मङ्गलबार, १२ असोज २०७८, १२ : ३२
मङ्गलबार, १२ असोज २०७८

 काठमाडौंको टोखा नगरपालिका–८ स्थित जिरीगाउँबाट सुनको गहना चोरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पश्चिम रुकुम घर भएकी सजिता परियारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

असोज १० मा उनले जिरिगाउँ स्थित गहनराज शाहीको घरमा पसेर करिब ७ तोला गहना चोरेको दावी गरिएको छ । तिलहरी ठुलो १ थान,  सुनको चुरा ४ थान, मुन्द्रा, औँठी र टप सहित करिब ७ तोला सुन चोरीमा संलग्न परियारलाई परिसर काठमाडौंको टोलीले सोमबार बसन्तपुरबाट पक्राउ गरेको थियो ।

जैसिदेवलमा बस्दै आएकी सजितालाई महानगरीय प्रहरी वृत महाराजगञ्जले चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप