शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली ब्रान्ड ‘गोल्डस्टार’को शोरुम कतारमा

मङ्गलबार, १२ असोज २०७८, १३ : ११
मङ्गलबार, १२ असोज २०७८

काठमाडौं । नेपाली ब्रान्ड गोल्डस्टार फुटवेयरको बजार अब कतारमा पनि विस्तार हुने भएको छ । गोल्डस्टारले कतारमा आफ्नो ब्रान्डको बिक्री शुरु गर्न लागेको जनाएको हो ।

हाल कतार निवासी प्यूठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउटलेट खोलेर नेपाली ब्रान्डको मार्केटिङ गर्ने भएका हुन् । 

केसी बैदेशिक रोजगारीको शिलशिलामा सन् २००७ मा कतारमा पुगेका थिए । तथापि, रोजगारीकै शिलशिलामा आफै व्यापार गर्न शुरु गरेका केसी हाल सोही स्थानमा सफल व्यवसायीको रुपमा स्थापित हुन सफल भएका छन् । 

पछिल्लो समय स्वदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ अघि बढेका केसीले अब गोल्डस्टारलाई पनि अन्तर्राष्ट्रिय बजारमा चिनाउनु पर्छ भनेर कतारमा आउटलेट खोल्ने तयारी गरेको बताए । केसीको कतारको प्रख्यात एशिया टाउनको प्लाजा मलमा गोल्डस्टारको शोरुम रहेको छ । 

शोरुममा मात्र नभई अनलाइनको माध्यमबाट पनि गोल्डस्टार फुटवेयरको बिक्री गरिने उनले बताए । त्यस्तै कतारको बजारलाई मात्र लक्षित गर्दै इ–कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने केसीले योजना सुनाए । 

नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा समेत उपस्थिती जनाउन सफल लोकप्रिय नेपाली ब्रान्ड गोल्डस्टार कतारको लागि नेपालबाट अभिमन्यु शर्मा र थमन कुमार भण्डारीले कन्सलट्यान्टको रुपमा काम गरिरहेका छन् । गोल्डस्टार मात्र नभई देशका अन्य स्वदेशी उत्पादनलाई पनि कतारमा परिचित गराउने आफ्नो इच्छा रहेको केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप