बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१७ वर्षमा फिल्मका सह–निर्देशक थिए रणबीर कपुर, ऐश्वर्यालाई प्रभावित पार्न झुटसमेत बोले

मङ्गलबार, १२ असोज २०७८, १३ : ३७
मङ्गलबार, १२ असोज २०७८

सञ्जु, रकस्टार, ए दिल हे मुश्किल र ये जवानी हे दिवानजस्ता हिट फिल्ममा उत्कृष्ट अभिनयको नमूना पेश गरिसकेका नायक रणबीर कपुर आज ३९ वर्ष पूरा भएका छन् । ऋषि कपुर र नितू सिंहका छोरा रणबीर बाल्यकालदेखि नै निकै चकचके थिए र सकेसम्म पढ्न नपरोस् भन्नेमा हुन्थे । रणबीर कहिल्यै पनि अभिनेता बन्न चाहँदैनथे तर पढ्नु पर्दैन भन्ने लोभमा उनले पिताले झैं अभिनयलाई करियर बनाउने सोच बनाए । आज रणबीरको जन्मदिनको विशेष उपलक्ष्यमा उनको जीवनसँग जोडिएका केही रोचक जानकारी लिऔं । 

पढ्न पर्दैन भनेर अभिनेता बनेः

२८ सेप्टेम्बर १९८२ मा जन्मिएका रणबीर कपूर बाल्यकालदेखि नै निकै बदमास थिए । रणबीरलाई पढ्नभन्दा खेलकुदमा रुची थियो जसका कारण उनले असाध्यै गालीसमेत खान्थे । द कपिल शर्मा शोका बेला अभिनेताले आफ्नो परिवारमा सबैभन्दा धेरै पढेको बताए–१२ कक्षासम्म । उनका अनुसार उनको परिवारका सबै सदस्यको पढाई कम नै छ । यसैकारण सबैले अभिनयमा करियर बनाएको पनि उनले बताए । रणबीरलाई विश्वास गर्ने हो भने उनले पनि पढ्न नपरोस् भनेर बलिउडमा कदम राखेका हुन् । 

स्कूलको पढाई पूरा गरेपछि रणबीर फिल्म स्टडिजका लागि न्यूयोर्क गएका थिए त्यसपछि उनले सन् १९९९ को फिल्म ‘आ अब लौट चले’ बाट बलिउडमा सह–निर्देशकको रुपमा कदम राखे । यो फिल्ममा ऐश्वर्या मुख्य भूमिकामा थिइन् ।

प्रभावित गर्नका लागि ऐश्वर्यालाई झुटो बोलेः

भारतका लाखौं मानिस झैं रणबीर कपुर पनि ऐश्वर्याका प्रशंसक थिए तर उनी नायिकाभन्दा निकै कान्छो थिए । रणबीरले लण्डनमा फिल्मको सुटिङका बेला ऐश्वर्यालाई प्रभावित पार्नका लागि परीक्षामा ६५ प्रतिशत आएको बताएका थिए जबकी उनको ५४.३ प्रतिशतमात्रै आएको थियो । वर्षौंपछि रणबीर र ऐश्वर्या सन् २०१६ को फिल्म ए दिल हे मुश्लिकमा सँगै देखिएका थिए । यो फिल्ममा यी दुईको बोल्ड सीन देखेर हैरान भएका थिए । 

८ कक्षामा पहिलो प्रेमिकाः

आजकाल आलिया भट्टसँग सम्बन्धका कारण चर्चामा रहने रणबीर बाल्यकालदेखि नै प्रेमिकाको मामिलामा अगाडि दिए । अभिनेताले एक शोको क्रममा उनले ८ कक्षामा पहिलो प्रेमिका बनाएको बताएका थिए । 

चकचके रणबीरले दमकल बोलेर हंगामा निम्त्याएका थिएः

एक रियालिटी शोको क्रममा नितू सिंहले रणबीर बाल्यकालदेखि नै आफ्नो परिवारसँग न्यूयोर्कमा थिए । यहाँ उनले मजाक गर्दै दमकलको अलार्म बजाइदिएका थिए र गएर लुकेका थिए । केही समयमै आगो लागेको खबर सुनेर दमकल उनीहरु बसेको घरमुनी आइपुगेको थियो । हंगामा भएको देखेपछि उनी आफ्नी हजुरआमाको पछाडि लुके र उनलाई वास्तविकता बताए । 

सांवरिया होइन रणबीरको पहिलो फिल्मः

थुप्रैलाई लाग्छ कि रणबीरले सन् २००७ मा रिलिज भएको सञ्जय लिला भंसालीको फिल्म सांवरियामार्फत् अभिनयको करियर सुरुवात गरेका थिए, यद्यपि, यो गलत हो । रणबीरले सन् २००४ मा बीआर चोपडाको ग्रेन्डसन अभय चोपडाको शर्ट फिल्म कर्माबाट अभिनय सुरु गरेका थिए । यो फिल्म स्टुडेन्ट ओस्करका लागि पनि नोमिनेट भएको थियो । 

स्मरण रहोस्, अभिनेताको पहिलो बलिउड फिल्म सांवरिया बक्स अफिसमा नराम्रोसँग फ्लप भएको थियो तर उनको अभिनयले दर्शकको मनमा गहिरो छाप छोडेको थियो । सांवरियापछि रणबीर बचना ए हसिना, वेक अप सिड, अजब प्रेम की गजब कहानी, राजनीति, अनजाना अनजानी, रकस्टार, बर्फीजस्ता थुप्रै उत्कृष्ट फिल्ममा देखिएका थिए । उनी छिट्टै आयान मुखर्जीको फिल्ममा आलिया भट्टसँग देखिएका थिए । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप