मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रिज लाइन इनर्जीले आईपीओ ल्याउँदै, सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

मङ्गलबार, १२ असोज २०७८, १३ : ४१
मङ्गलबार, १२ असोज २०७८

काठमाडौं । रिज लाइन इनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । जसको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त नियुक्ती सम्बन्धी सम्झौतामा रिज लाइन इनर्जीका वसन्त गिरी तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

कम्पनीले गोरखाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजारको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रकम बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप