शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस बैतडीको अधिवेशनः तीन स्थानीय तहमा सर्वसम्मत, सातमा निर्वाचन

मङ्गलबार, १२ असोज २०७८, १४ : १५
मङ्गलबार, १२ असोज २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीका पालिका अधिवेशन सम्पन्न भएको छ । दश वटा पालिका रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । तीमध्ये कुनै पनि पालिकामा महिला र दलितको नेतृत्व नआएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार कार्यसमितिको पदाधिकारीमासमेत महिला र दलितको सङ्ख्या न्यून रहेको छ ।   

सुर्नया, पञ्चेश्वर र शिवनाथ गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सुर्नयामा सभापतिमा प्रतापसिंह महरा, उपसभापतिमा करवीर  सिंह ऐर र राजेन्द्र लुहार, सचिवमा सुन्दरसिंह विष्ट र उत्तमबहादुर चन्द, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । 

यसैगरी पञ्चेश्वरमा सभापतिमा रामबहादुर चन्द, उपसभापतिमा जमनसिंह साउद र धीरानबहादुर चन्द, सचिव गजेन्द्रबहादुर चन्द र टङ्कप्रसाद तिवारी, सहसचिव वीरेन्द्र सिहं भण्डारी र वीरबहादुर चन्द सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । 

त्यस्तै शिवनाथमा सभापतिमा हीराचन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी, गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर, लक्ष्मणदत्त पन्त सर्वसम्मत रुपमा निर्वाचित भएको समितिले जनाएको छ । 

दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट  सभापतिमा भुवनराज भट्टको पूरै प्यानल विजयी  भएको छ । यस्तै उपसभापतिमा सुरजबहादुर चन्द र हरिराम टमाटा, सचिवमा गणेशसिंह थापा र श्यामबहादुर चन्द  सहसचिवमा उत्तमराज जोशी र राजेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् ।  

पुचौडी नगरपालिकाको सभापतिमा गणेशबहादुर गडालको पूरै प्यानल विजयी भएको छ ।  उपसभापतिमा ईश्वरदत्त भट्ट र वीरबहादुर महरा, सचिवमा राजप्रसाद जोशी र रितेशबहादुर बोहरा, सहसचिवमा  दिलबहादुर साउद र सरोज बम विजयी भएका छन् ।  

पाटन नगरपालिकाको नगर सभापतिमा मानबहादुर ऐर ९७ मत ल्याएर विजयी भएका छन् भने उपसभापतिमा रमेश महरा र कृष्णबहादुर कुँवर, सचिवमा लवदेव जोशी र जगदीशसिंह विष्ट, सहसचिवमा कैलाशचन्द र कृष्णा पन्त विजयी भएका हुन् । 

मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट ४९ मत ल्याएर विजयी भएका छन् भने उपसभापतिमा भरतसिंह पुजारा र राजबहादुर चन्द, सचिवमा सुरेन्द्रप्रसाद भट्ट र अशोकसिंह विष्ट तथा सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोख्रेल निर्वाचित भएका छन् ।  

सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद, सचिवमा टेकबहादुर चन्द र भानसिह धामी, सहसचिवमा प्रकाश जोशी र गोविन्द अवस्थी विजयी भएका छन् । 

दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट ५३ मतसहित विजयी भए भने उपसभापतिमा आनसिंह विष्ट र कलकुते कार्की, सचिवमा दानबहादुर विष्ट र कर्कराज जोशी, सहसचिवमा जीतेन्द्र कार्की र सुशीला विष्ट विजयी भएका छन् । 

यसैगरी डिलाशैनी गाउँपालिकाको सभापतिमा ५५ मतसहित जयानन्द जोशी(जयराज) निर्वाचित भएका छन् भने उपसभापति  रामनाथ, शङ्कर विष्ट, सचिव मदननाथ, शङ्करदत्त पन्त, सहसचिव विक्रम कार्की, दिलानाथ विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । 

महिलाहरुले नेतृत्वमा आउनु अहिलेको आवश्यता रहेको भए पनि आउन नसकेका  महिला नेत्री भागरथी भट्टले बताइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप