शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राविधिक समस्या देखिएको भनिएको बुद्धको जहाज आज बिहानबाट संचालनमा

मङ्गलबार, १२ असोज २०७८, १४ : १६
मङ्गलबार, १२ असोज २०७८

काठमाडौं । विराटनगर विमानस्थलमा अवतरणको क्रममा एक इन्डिकेटरले दायाँ तर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाजले आज बिहानैबाट उडान शुरु गरेको छ ।

प्राविधिक समस्या देखिएको भनिएको उक्त जहाज काठमाडौंमा करिब दुई घण्टा आकाशमा घुमेर सफल अवतरण गरेको थियो । अवतरण लगत्तै बुद्ध एयरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूले जहाजको जाँच गरी जहाजमा प्राविधिक समस्या नदेखिएको र पुनः सुचारु गर्न सकिने बताएसँगै जहाजले उडान शुरु गरेको हो ।

प्राविधिक टोलीको जाँचपछि उडान अनुमति लिएर पुनः उडान शुरु गरेको बुद्ध एयरले जनाएको छ । सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँ तर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । उक्त जहाज आकाशमा दुई घण्टा घुमेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप