बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डेङ्गुका बिरामी घट्दै

मङ्गलबार, १२ असोज २०७८, १४ : २२
मङ्गलबार, १२ असोज २०७८

मकवानपुरमा डङुेगु सङ्क्रमण घट्दै गएको छ । कोरोना महामारीका कारण सरसफाइ र स्वास्थ्य सावधानीमा जोड दिएपछि लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामीको सङ्ख्या घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

कार्यालयका अनुसार गत आर्थिक वर्ष हेटौँडालगायत मकवानपुरमा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । आर्थिक वर्ष २०७६÷०७७ तीन हजार ३८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार विशेषगरी साउन महिनादेखि कातिक महिनासम्म फेला पर्ने सो रोगका बिरामीको सङ्ख्या गत आवमा १४ जनामा मात्र देखिएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा साउनमा एक महिला र दुई पुरुष, भदौ महिनामा एक महिला र तीन पुरुष, असोजमा दुई महिला र चार पुरुष, कात्तिकमा एक पुरुषमा डेङुगुरोग फेला परेको थियो । 

डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । वर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा यसले फूल पार्ने गर्दछ् । यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नीहरु दुख्ने, शरीरमा बिमिराहरु देखापर्नेलगायत लक्षणहरु यसमा देखिन्छन् ।  

डेङ्गु विरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट सुरक्षित रहन आवश्यक रहेको विज्ञको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप