शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसारकै धनी एलन मस्क प्रेमिकासँग छुट्टिए

मङ्गलबार, १२ असोज २०७८, १४ : ४०
मङ्गलबार, १२ असोज २०७८

संसारकै धनी एलन मस्क प्रेमिका ग्राइम्ससँग छुट्टिएका छन् । यी दुईको तीन वर्ष लामो सम्बन्ध टुटेको पेज सिक्स जानकारी दिएको छ । स्पेस एक्सका संस्थापक तथा धनाढ्यहरुको सूचीमा पुनः एकपटक शीर्ष स्थानमा पर्न सफल एलन मस्कले क्यानेडेली गायिकासँग ‘सेमी सेपरेटेड’ अर्थात् अर्ध पृथकीकरण भएता पनि आफूहरुबीच राम्रै सम्बन्ध भएको र आफ्ना १ वर्षे छोरालाई मिलेरै हुर्काउने पेज सिक्ससँगको कुराकानीमा बताएका छन् ।

उनीहरुको छोराको नामX Æ A-Xii Musk हो । यो नाम अत्यधिक चर्चा भएको थियो । उनले भने, ‘हामी अर्ध पृथकीकरण भएका छौं तर अझै पनि एक–अर्कालाई माया गर्छौं, बारम्बार भेट्न मन पराउँछौं र राम्रो सम्बन्धमा छौं ।’

‘स्पेस एक्स र टेस्लाको कामले गर्दा म टेक्ससमा हुनुपर्छ, देश बाहिर पनि यात्रा गरिरहनुपर्छ । उनको भने काम विशेषगरी लस एन्जल्समा हुन्छ । उनी हाल मसँगै छिन् र बेबी एक्स हामीसँगैको कोठामा छन् ।’ मस्क र ग्राइम्स सन् २०१८ देखि सम्बन्धमा थिए । उनीहरुको छोरा सन् २०२० को मेमा जन्मिएका हुन् । 

अघिल्लो महिना आयोजित कार्यक्रम मेट गालामा यी दुईलाई सँगै देखिएको थियो । ३३ वर्षीया ग्राइम्स एक्लै रेड कार्पेटमा देखिएकी थिइन् जबकी ५० वर्षे मस्कले उनलाई भित्र भेटे । 

मस्कले पहिलो विवाह लेखक जस्टिन विल्सनसँग विवाह गरेका थिए । उनीसँग उनका पाँच छोरा छन् । जुम्ल्याहा ग्रिफिन र जेभियर, १७, र तिम्ल्याहा डेमियन, स्याक्सन र काई । यी तीनैजना १५ वर्ष पुगेका छन् ।

त्यसपछि उनले अभिनेत्री तलुलाह रिलेसँग दुईपटक विवाह गरे । उनले पहिलो पटक उनीसँग सन् २०१० मा विवाह गरे । त्यसको दुई वर्षपछि यी दुईको सम्बन्धविच्छेद भयो । पछि पुनर्मिलन भयो र सन् २०१३ मा पुनः विवाह गरे र सन् २०१६ मा पुनः सम्बन्धविच्छेद गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप