शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरूको घोषणा

मङ्गलबार, १२ असोज २०७८, १४ : ४८
मङ्गलबार, १२ असोज २०७८

काठमाडौं । ओपोले ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरूको घोषणा गरेको छ । ३ हजार ३ सय ४५ कलाकृति मध्येबाट विजेताको छनोट गरिएको ओपोले जनाएको छ । 

ओपोले छनोटमा परेका उत्कृष्ट कलाकृतिहरु लन्डन डिजाइन फेस्टिभल २०२१ लाई हस्तान्तरण गरिसकेको जनाएको छ । ती कलाकृतिहरु मार्फत नवोदित कलाकारका सिर्जनशील प्रतिभा प्रदर्शित गर्नुका साथै तिनको रचनात्मक महत्वकांक्षाहरुलाई गति प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको ओपोले जनाएको छ ।

ओपोले आयोजना गरेको रेनोभेटर्स कार्यक्रममा कलाकारहरुलाई प्रकाशको बिषयबस्तु वरपर रही कलाकृति तथा रचनात्मक अवधारणाहरू विकसित गर्ने जिम्मेवारी दिइएको थियो । केही महिनाका लागि सञ्चालित ओपो रेनोभेटर्स २०२१ मा विश्वभरका ४० देश तथा क्षेत्रबाट कलाकारहरुले ३ हजार ३ सय ४५ जना आफ्ना कलाकृति पेश गरेका थिए ।

कलाकृतिहरूको नवीनता, कलात्मकता, व्यावहारिकता तथा अभिव्यक्तिको स्तरका आधारमा मूल्याङ्कन पश्चात समग्र कलाकृति मध्येबाट उत्कृष्ट १० को चयन गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप